कार्यालयहरुमा बैठक तथा जमघट बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह - समाचार - कान्तिपुर समाचार

कार्यालयहरुमा बैठक तथा जमघट बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह 

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी, सामुदायिक तथा निजी कार्यालयहरुमा बैठक, गोष्ठी , सेमिनार तथा अन्य जमघट तुरुन्त बन्द गर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बन्द गर्न नमिले भर्चुअल रुपमा बैठक बस्न आग्रह गरे ।

मन्त्रालयले भारतीय सीमा क्षेत्रका सीमानामा कोरोना संक्रमणको दर उच्च भएकाले प्रदेश सरकार, स्थानीय पालिका, गैरसरकारी संस्था तथा अन्य पेसा व्यवसायीका व्यक्तिलाई सावधानी अपनाउन आग्रह गरेको छ । प्रवक्ता डा गौतमले कोरोना परीक्षणको स्वाब संकलन गरेपछि कुनै पनि शंकास्पद व्यक्तिले रिपोर्ट नआउन्जेल अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने बताए ।

काठमाडौँ तथा अन्य घना बस्तीमा संक्रमितको संख्या बढिरहेकोले बेड, उपकरण तथा स्वास्थ्यमकर्मी अभाव हुन सक्ने उनको भनाइ छ ।

प्रकाशित : श्रावण २२, २०७७ १७:११
प्रतिक्रिया
पठाउनुहोस्

काठमाडौं उपत्यकामा मात्रै ८७ नयाँ संक्रमित

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं उपत्यकामा ८७ नयाँ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा उपत्यकाका ३ जिल्लामा ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको बिहीबार जानकारी दिएको हो । 

मन्त्रालयका अनुसार काठमाडौँमा ७६, ललितपुरमा १० र भक्तपुरमा १ जना संक्रमित थपिएका हुन् ।

मुलुकभर भने ३६० जना थपिएका छन् ।

प्रकाशित : श्रावण २२, २०७७ १७:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×