२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

३६० जना कोरोना संक्रमित थपिए, २४ घन्टामा २३३ जना डिस्चार्ज 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा थप ३६० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । 

३६० जना कोरोना संक्रमित थपिए, २४ घन्टामा २३३ जना डिस्चार्ज 

उनका अनुसार पछिल्लो २४ घन्टामा २३३ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् । यो सँगै निको हुनेको संख्या १५ हजार ३८९ जना पुगेको छ ।

मन्त्रालयका अनुुसार पीसीआर विधिबाट हालसम्म ४ लाख १९ हजार ५७५ परीक्षणहरु गरिएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा भने ६ हजार ६२२ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ९ हजार ४७० जना रहेका छन् ।



स्रोत : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

प्रकाशित : श्रावण २२, २०७७ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?