१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

बिहीबारदेखि यातायातमा जोरबिजोर प्रणाली,  उपत्यकाका ४६ स्थानमा ‘चेकिङ युनिट’

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले २ सयभन्दा बढी कोरोना भाइरसका सक्रिय संक्रमित भएका जिल्लाभित्र यातायातमा जोरबिजोर प्रणाली लागू गरेपछि उपत्यकामा सवारी चाप घटेको छ ।

बिहीबारदेखि यातायातमा जोरबिजोर प्रणाली,  उपत्यकाका ४६ स्थानमा ‘चेकिङ युनिट’

निजी, सार्वजनिक र सरकारी सवारी साधनमा जोरबिजोर लागू भएसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिहीबारबाट उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका ४६ स्थानमा ट्राफिक प्रहरी र जनपद प्रहरीको संयुक्त टोलीलाई तैनाथ गरेको छ । महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले जोरबिजोर प्रणाली उल्लंघन हुन नदिन ४६ स्थानमा ट्राफिक प्रहरीको ‘चेकिङ युनिट’ परिचालन गरिएको बताए । जसमध्ये काठमाडौंमा २२ तथा भक्तपुर र ललितपुरमा १२/१२ स्थानमा चेकिङ युनिट परिचालन गरिएको छ ।

महाशाखाले तीनवटै जिल्लामा नियमित रुपमा सवारी व्यवस्थापन गर्न १ सय ५२ स्थानमा नियमित संयन्त्र तैनाथ गर्दै आएको छ । बिहीबार परिचालन गरिएका ४६ स्थानका चेकिङ युनिट यसअघि तैनाथ गरिएका बाहेक रहेको एसएसपी ढकालले बताए । जोरबिजोर प्रणाली पालना नगर्नेलाई सबारी नियम उल्लंघन वा संक्रामक रोग नियन्त्रण ऐनले वर्जित गरेका प्रावधानको कसुरमध्ये जुनसुकैमा कारबाही हुनसक्ने छ ।

संक्रामक रोग ऐनविपरीत कार्य गरे १ सय रुपैयाँसम्म जरिवाना वा १ महिना कैद वा दुवै सजाय हुनसक्छ ।

सवारी नियम उल्लंघन गर्नेमाथि फिल्डमा खटिएका ट्राफिकले सामान्यत: ५ सय देखि १ हजारसम्म जरिवाना गराउँदै आएका थिए । पछिल्लो पटक चैत ११ पछि सवारी नियम उल्लंघनबापत गरिने कारबाही अहिले रोकिएको छ । यसको सट्टा पटक मास्क नलगाई हिड्ने सर्वसाधारण र सवारी चालकलाई प्रशासनको निर्णयपछि प्रहरीले १ सय रुपैयाँ जरिवाना गराउँदै आएको छ ।

प्रकाशित : श्रावण २२, २०७७ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?