१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

उपत्यकासहितका स्थानमा भोलिदेखि सवारी साधनमा जोर- बिजोर लागू

काठमाडौंमा राति ९ देखि बिहान ५ सम्म सवारी चलाउन रोक
मातृका दाहाल

काठमाडौँ — सरकारले बिहीबारदेखि लागू हुनेगरी काठमाडौं उपत्यकासहित २ सयभन्दा बढी कोरोनाका सक्रिय संक्रमण केस भएका जिल्लामा सवारीमा जोरबिजोर प्रणाली लागू गरेको छ ।

उपत्यकासहितका स्थानमा भोलिदेखि सवारी साधनमा जोर- बिजोर लागू

गृह मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै जोरबिजोर लागू भएका स्थानमा बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गर्ने निर्णय भएको पनि जनाएको छ ।

काठमाडौं उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानीबाहेकका सबै यात्र वाहक सवारी साधनहरुलाई साँझ ७ देखि बिहान ७ बजेसम्म आवागमन निषेध गरिएको व्यवस्थालाई कडाईका साथ लागू गर्ने समेत मन्त्रालयले जनाएको छ ।

यस्तै सरकारको निर्णय बमोजिम आगमन अनुमति पाएका व्यक्तिबाहेक अन्तर्राष्ट्रिय सीमा नाकामा हुने आवतजावतलाई कडाइका साथ निषेध गर्ने, कोभिड १९ को संक्रमणको जोखिमको विश्लेषण गरी जोखिम बढेको क्षेत्र/स्थानलाई जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले निर्णय गरी तुरुन्त बन्द गर्ने, कोभिड १९ को थप परीक्षणको व्यवस्था मिलाउने पनि मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति

प्रकाशित : श्रावण २१, २०७७ २०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?