१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुग्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा कोरोना भाइरस (कोभिड १९)बाट मृत्यु हुनेको संख्या ६० पुगेको छ । २४ घन्टामा पर्सामा थप दुई जनाको मृत्यु भएसँगै मृतकको संख्या ६० पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पर्सा जिल्ला पोखरिया नगरपालिका ९ की १८ वर्षीया एक किशोरीको निधन भएको हो ।

कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुग्यो

उनलाई साउन १९ गते झाडापखालाले सिकिस्त भइ नेशलल मेडिकल कलेज वीरगन्ज लाने क्रममा मृत्यु भएको थियो । स्वाब संकलन गर्दा उनमा कोरोना पुष्टि भएको थियो । उनको साउन २० गते कोरोना पुष्टि भएको हो ।

त्यसैगरी अर्का मृतकमा पर्सा जिल्ला वीरगन्ज महानगरपालिका बस्ने ४६ वर्षीय एक पुरुषको साउन २१ गते बुधबार कोरोना संक्रमणको कारण मृत्यु भएको छ । उनी केही वर्षदेखि मधुमेह रोगबाट पीडित थिए ।

प्रकाशित : श्रावण २१, २०७७ १७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?