१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पदाधिकारीको कार्यविभाजन र समायोजन गर्न जसपाको केन्द्रीय कार्यकारिणी बैठक सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — पदाधिकारीको कार्यविभाजन र समायोजन गर्न जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी बैठक बुधबारदेखि सुरु भएको छ । तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकता भएपछिको यो पहिलो बैठक हो । 

पदाधिकारीको कार्यविभाजन र समायोजन गर्न जसपाको केन्द्रीय कार्यकारिणी बैठक सुरु

ललितपुरको च्यासलमा रहेको तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको बैठक ६ दिनसम्म चल्‍ने जसपा नेता चन्दा चौधरीले बताइन् ।

बैठकको पहिलो दिन परिचय आदानप्रदानको कार्यक्रम चलिरहेको छ । 'आज पहिलो दिन परिचय आदानप्रदान चलिरहेको छ । बैठकले संगठनात्मक कार्ययोजना, समायोजन, कार्यकारिणी समितिमा सदस्यहरूको कार्य विभाजनदेखि लिएर वर्तमान परिस्थितिबारे छलफल गर्ने एजेन्डा छन्,' चौधरीले भनिन् ।

केन्द्रीय कार्यकारिणीको बुधबार सुरु भएको बैठकमा दुई पार्टी एकतापछिको संगठन समायोजन र पदाधिकारीको कार्यविभाजन मुख्य एजेन्डा रहेका नेताहरूले बताएका छन् ।

जसपाको केन्द्रीय कार्यकारिणीमा ५१ सदस्य छन् ।

प्रकाशित : श्रावण २१, २०७७ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?