परीक्षण र अस्पतालको क्षमता बढाउनुहोस् : जसपा अध्यक्ष ठाकुर

कान्तिपुर संवाददाता

काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले कोभिड–१९ को संक्रमणलाई ध्यानमा राखेर सरकारले बढीभन्दा बढी परिक्षण गर्नु पर्ने बताएका छन् । 

परीक्षण र अस्पतालको क्षमता बढाउनुहोस् : जसपा अध्यक्ष ठाकुर

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार विज्ञ, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का सदस्यहरू र विभिन्न राजनीतिक दलका नेताहरूसँगको परामर्श बैठकमा जसपा अध्यक्ष ठाकुरले सरकारले परीक्षणमा ढिलाई गरेको उल्लेख गर्दै आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराई परीक्षण बढाउन सुझाव दिएका हुन् ।

बैंठकमा सहभागि एक पदाधिकारीका अनुसार ठाकुरले कोरोना भाइरसको संक्रमण बढ्दै गएको उल्लेख गर्दै सरकारले अस्पतालको क्षमता बढाउन पनि सुझाव दिएका हुन् । ठाकुरले कोरोना संक्रमितलाई राख्नको लागि आइसोलेसन र क्वारेन्टाइनहरु पनि व्यवस्थित हुनु पर्ने सुझाव दिएका थिए ।


प्रकाशित : श्रावण २०, २०७७ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?