कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

२ लाख रुपैयाँ घूससहित बुटवल राजस्व अनुसन्धान कार्यालयका प्रमुख पक्राउ

घनश्याम गौतम

रूपन्देही — अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुखसहित दुई जनालाई मंगलबार नियन्त्रणमा लिएको छ ।

२ लाख रुपैयाँ घूससहित बुटवल राजस्व अनुसन्धान कार्यालयका प्रमुख पक्राउ

व्यवसायीसँग लेनदेन गर्दै गरेको गोप्य सूचनाका आधारमा लिने अनुसन्धान कार्यालयका प्रमुख विजय राना र दिने व्यवसायी अनिलकुमार झालाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको आयोगको कार्यालयका सूचना अधिकारी सुरेश भुसालले बताए । रकम दिने गुट्खा र चिनी व्यवसायी हुन् ।

दुवै जनाबाट २ लाख रुपैयाँ नगद पनि बरामद भएको छ । दुवै जनालाई बुटवल उपमहानगरपालिका–१३ बुद्धनगरबाट पक्राउ गरिएको हो ।

प्रकाशित : श्रावण २०, २०७७ १४:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?