कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दुई चिकित्सकसहित पर्सामा थप ३४ जनामा कोरोना

भूषण यादव

वीरगन्ज — नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा दुई चिकित्सकसहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३४ जना संक्रमितमध्ये दुई जना बारा, एक जना सर्लाही र एक जना सुर्खेतका छन् ।

दुई चिकित्सकसहित पर्सामा थप ३४ जनामा कोरोना

संक्रमित हुनेहरुमा सैनिक, पत्रकार र थुनुवासमेत रहेको अस्पतालले जनाएको छ । नारायणी अस्पतलका फिजिसियन डा.निरजकुमार सिंहका अनुसार ६ जना महिलासहित १४ वर्ष देखि ५६ वर्ष उमेर समूहका ३४ जनामा कोरोना पुष्टि भएको हो । नारायणी अस्पतालको फार्मेसीमा कार्यरत दुई जनामा पनि कोरोना देखिएको छ ।

संक्रमित दुई चिकित्सक नेसनल मेडिकल कलेज र नारायणी वयोधा अस्पतालका हुन् । यहाँ रहेको आर्मी ब्यारेकका थप ३ जना सेनाका जवानमा समेत कोरोना पुष्टि भएको छ । पर्साको पोखरिया नगरपालिका २ का तीन जनामा समेत कोरोना देखिएको छ । अन्य १५ जना संक्रमित वीरगन्ज महानगरपालिका विभिन्न वडाका बासिन्दा हुन् । स्वेच्छाले पैसा तिरेर स्वाब परीक्षण गराएका ९ जनामा पनि कोरोना देखिएको छ ।

यसैगरी कन्ट्याक्ट ट्रेसिङको क्रममा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाराका दुई संक्रमित कलैया र फेटा ४ का बासिन्दा हुन् ।

प्रकाशित : श्रावण २०, २०७७ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?