राई सचिवमा बढुवा

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले वरिष्ठ सहसचिव वीरबहादुर राईलाई सचिव (विशिष्ट श्रेणी)मा बढुवा गरेको छ । यो पटक पनि मन्त्रिपरिषद्ले बढुवा सिफारिस समितिले तीन नम्बरमा सिफारिस गरेको व्यक्तिलाई सचिव बनाएको हो ।

राई सचिवमा बढुवा

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार अपराह्न बसेको मन्त्रिपरिषद्को बैठकले राईलाई सचिवमा बढुवा गरेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले जानकारी दिइन् । । राई राष्ट्रिय योजना आयोगमा कार्यरत छन् ।

लोक सेवाआयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले केही दिनअघि वरिष्ठ सहसचिवहरू चन्द्रमान श्रेष्ठ, गोकर्णमणि दुवाडी र राईको नाम सचिवका लागि सिफारिस गरेको थियो । श्रेष्ठले केही दिनअघि भ्रष्टाचार मुद्दामा सफाइ पाएपछि दोस्रोपटक सचिवका लागि उनको नाम सिफारिस भएको हो । सञ्चार मन्त्रालयमा कार्यरत सहसचिव दुवाडीको नाम भने समितिले पाँचौ पटक सिफारिस गरेको हो ।

प्रकाशित : श्रावण १९, २०७७ २२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?