२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

राष्ट्रिय सभाका विषयगत समिति सभापतिको निर्वाचन शुक्रबार

कान्तिपुर संवाददाता

काठमाडौँ — संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाका मातहतका विषयगत समितिको निर्वाचन २३ गते शुक्रबारका दिन हुने भएको छ । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले सोमबार सूचना जारी गरेर समिति सभापतिहरूको निर्वाचन कार्यतालिकाबारे जानकारी दिएका हुन् । 

राष्ट्रिय सभाका विषयगत समिति सभापतिको निर्वाचन शुक्रबार

उक्त सूचनाअनुसार साउन २२ गते बिहीबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् प्रस्ताव गर्ने कार्यतालिका तय भएको छ । सम्बन्धित समितिको कुनै सदस्यले राखेको प्रस्तावमा अर्को एक सदस्यले समर्थन गर्नुपर्नेछ सूचनामा उल्लेख छ ।

राष्ट्रियसभाको नियमावली, २०७५ को नियम १५० को उपनियम २ बमोजिम उक्त प्रस्ताव दर्ता गर्नुपर्नेछ । निर्धारित समयभित्र दर्ता भएका प्रस्तावको दर्ता क्रमअनुसार सोही दिन ४:३० बजे सूची प्रकाशन गरिनेछ । यस्तै सम्बन्धित समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने गर्ने र समर्थकले समर्थन गर्नेछन् ।

राष्ट्रिय सभाका चारवटै विषयगत समितिको कार्यकाल शुक्रबार सकिएको थियो । शनिबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा नियमावलीको बाधा अड्काउ फुकाएर चारवटा विषयगत समिति पुनःगठन गरेका थिए ।

राष्ट्रिय सभाका चारमध्ये २ समितिका सभापति सत्तारुढ नेकपाका, एउटा समिति सभापति प्रतिपक्षी कांग्रेस र एउटा समिति सभापतिमा राष्ट्रपतिद्वारा मनोनित सांसद थिए ।


प्रकाशित : श्रावण १९, २०७७ २२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?