लगानी बोर्डमा सुशील भट्ट नियुक्त


काठमाडौँ — मन्त्रिपरिषद् बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

'मन्त्रिपरिषद्को सोमबारको बैठकले भट्टलाई लगानी बोर्डको कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो,' ती मन्त्रीले भने ।
भट्टलाई मुलुकका ठूला आयोजना हात पार्न राजनीतिक बिचौलियाको काम गर्ने, हात पारिसकेपछि अलपत्र पार्ने र निर्माणाधीन आयोजनाको लागत बढाई अनियमितता गर्ने गरेको आरोप लाग्ने गरेको छ ।
सम्बन्धित समाचारः
प्रकाशित : श्रावण १९, २०७७ १८:५३