कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालमा थप ४१८ जनामा कोरोना संक्रमण, संक्रमतिको संख्या २० हजार ७५० पुग्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप ४१८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

नेपालमा थप ४१८ जनामा कोरोना संक्रमण, संक्रमतिको संख्या २० हजार ७५० पुग्यो

नियमित मिडिया ब्रिफिङमा सोमबार मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले हाल मुलुकभर सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ३२ रहेको बताए । यो कूल संख्याको २७.६ प्रतिशत हो ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या ३५८ रहेको छ । हालसम्म १४ हजार ९ सय ६१ जना निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । ७२.१ प्रतिशत संक्रमित निको भएको प्रवक्ता गौतमले बताए ।

हालसम्म ५७ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

जिल्लागत तथ्यांक अनुसार संक्रमितहरु :

सुनसरीका ५, झापाका १, मोरङका ४६ , झापाका ४, , सिराहका ३, सप्तरीका ५१, महोत्तरीका ३१ , धनुषाका ३०, बाराका ३, पर्साका ७१, भक्तपुरका ५, काठमाडाैंका ४३, ललितपुरका ३, कैलालीका ६७ , कञ्चनपुरका १६, रसुवाका १, बाराका १, रौटहटका २, चितवनका १, गुल्मीका १, सर्लाहीका २, दोलखाका १, कास्कीका ८, स्यांङजाका १, रुपन्देहीका १, बाँकेका ८ ,बर्दियाका १, दाङका १,सुर्खेतका २, दैलेखका २, रुकुम पश्चिमका २ र अछामका ४ जना रहेका छन् ।

मन्त्रालयका अनुुसार सोमबार पीसीआर विधिबाट हालसम्म ३ लाख ९८ हजार ९०७ परीक्षण गरिएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा भने १० हजार ७६८ पीसीआर परीक्षण भएका छन् । त्यसैगरी हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १० हजार ४५२ जना रहेको छ । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ५ हजार ७३२ जना रहेको छ ।

प्रकाशित : श्रावण १९, २०७७ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?