२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

'संक्रमितको संख्या बढे सरकारले फेरि लकडाउन गर्नसक्छ'

स्वरूप आचार्य

काठमाडौँ — विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का नेपाल प्रतिनिधि डा. जस भ्यान्डलियरले संक्रमितहरुको संख्या बढ्दै गए नेपाल सरकारले पुनः लकडाउन गर्न सम्भावना आउन सक्ने इंगित गरेका छन् । कान्तिपुरसँग कुराकानी गर्दै लकडाउन गर्ने वा नगर्ने भन्ने निर्णयमा डब्लूएचओको कुनै भूमिका नहुने पनि उनले स्पष्ट पारे ।

'संक्रमितको संख्या बढे सरकारले फेरि लकडाउन गर्नसक्छ'

‘त्यो डब्लूएचओले गर्ने निर्णय होइन । लकडाउन गर्ने या नगर्ने भन्ने निर्णय सरकारको हो,’ उनले भने, ‘भविष्यमा नेपालमा संक्रमितहरुको संख्या बढ्ने सम्भावना देखिन्छ । पहिला देखिएका संक्रमितहरुमा विदेशबाट आएकाहरु धेरै थिए । तर, अब समुदायमा संक्रमण देखिएको खण्डमा त्यसलाई नियन्त्रण गर्न गाह्रो हुन्छ ।’

उनका अनुसार लकडाउनपछिको अवस्थामा मानिसहरु कोभिड–१९ महामारीभन्दा पहिलाको अवस्थाझैं बिना कुनै सुरक्षाका उपाय अवलम्बन गर्दै हिँडडुल गरिरहेकाले सरकारले हस्तक्षेप गर्नुपर्ने अवस्था आउन सक्ने सम्भावना बढेर गएको छ । ‘सबैले संक्रमणको जोखिम न्यूनीकरण गर्नका लागि व्यक्तिगत सुरक्षाका उपायहरुको गम्भीरतापूर्वक पालना गर्न जरुरी छ,’ उनले भने, ‘तर, यदी हामीले ती उपायहरुको पालना गरेनौं भने सरकारले संक्रमण नियन्त्रणका लागि मानिसहरुलाई सामाजिक दुरी कायम गर्न बाध्य पार्नका लागि नयाँ लकडाउनको घोषणा गर्न सक्छ ।’

उनका अनुसार अब लकडाउन गरियो भने त्यो एकै प्रकारको नहुनसक्छ । ‘लकडाउन स्थानीय स्तरको पनि हुनसक्छ वा देशैभरको लकडाउन पनि हुनसक्छ । यस्तै पूर्ण लकडाउन नभएर विभिन्न तहको लकडाउन पनि हुनसक्छ ।’

(भ्यान्डलियरसँगको विस्तृत कुराकानी र भिडियो केहीबेरमा प्रकाशन तथा प्रशारण हुने छ ।)


प्रकाशित : श्रावण १८, २०७७ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?