कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

पौडेलले भेटे अनशन बसेका अभियन्तालाई

कान्तिपुर संवाददाता

काठमाडौँ — सभापति शेरबहादुर देउवा पुगेको भोलिपल्ट कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल अनसनरत 'इनफ इज इनफ'का अभियन्तालाई भेट्न बसन्तपुर पुगेका छन् । १६ दिनदेखि अनसन बसिरहेका ई: लगायतलाई भेटी पौडेलले मागहरुमा समर्थन जनाउनुका साथै स्वास्थ्यलाभको कामना पनि गरे ।

पौडेलले भेटे अनशन बसेका अभियन्तालाई

क्वारेन्टाइन व्यवस्थापन गर्नुपर्ने, पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने लगायतका माग राख्दै अनसनमा बसेका अभियन्ताहरुलाई भेटेपछि पौडेलले भने- 'सामान्य तर जनताका अति आवश्यक मागहरु राखेर अनसनमा बसेका युवाहरुका कुरा नसुन्नु सरकारको अटेरीपन हो । यी मागहरुको सरकारले बेवास्ता गर्नु सरकारको चरम लापरबाही हो ।'

नेता पौडेलले देशको समस्याको मुख्य जड कमिसनतन्त्र र भ्रष्टाचारतन्त्रलाई उखेल्न सबै मिलेर कडा संघर्ष गर्नुपर्ने पनि बताए । असनसनरत अभियन्ताहरुसँग सरकारले असार २३ गते लिखित सहमति गरेको थियो । सहमति कार्यान्वयन नभएपछि उनीहरु फेरि अनसन बसेका हुन् ।

प्रकाशित : श्रावण १८, २०७७ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?