बग्गीखानामा ‘लकडाउन’, सेवाग्राहीको प्रवेशमा पूर्ण रोक 

तस्बिर : अनिस रेग्मी

काठमाडौँ — रामशाहपथस्थित महानगरीय ट्राफिक प्रहरी महाशाखामा सेवाग्राहीको प्रवेशमा पूर्ण रोक लगाउँदै ‘लकडाउन’ गरिएको छ ।

बग्गीखानामा ‘लकडाउन’, सेवाग्राहीको प्रवेशमा पूर्ण रोक 

शुक्रबार दुई जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएसँगै बग्गीखानाको ब्यारेकभित्र रहेकाहरुलाई क्वारेन्टाइनमा राखिएको छ । सो क्षेत्रमा पनि आवतजावत पूर्ण निषेध गरिएको महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए ।

‘लकडाउन गरेसँगै सेवाग्राहीलाई पनि बग्गी खानाभित्र प्रवेशमा पूर्ण रोक लगाएका छौं,’ एसएसपी ढकालले भने, ‘भित्र रहेका सबैको चार–पाँच दिनमा पीसीआर सकिएपछि मात्रै सेवा सुचारु हाला ।’

बग्गीखाना भित्र डिसइन्फेक्ट गर्ने कार्य जारी छ । ब्यारेकभित्र ३ सय २ जना प्रहरी कर्मचारी रहेको एसएसपी ढकालले बताए ।


प्रकाशित : श्रावण १८, २०७७ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?