कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो, २४ घन्टामा थप ३१५ जनामा संक्रमण

कान्तिपुर संवाददाता

काठमाडौँ — मुलुकभर थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३१५ जना संक्रमित फेला परेको जानकारी दिएका हुन् । संक्रमितको संख्या २० हजार ८६ पुगेको छ ।

कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो, २४ घन्टामा थप ३१५ जनामा संक्रमण

२४ घन्टामा ९३ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए । योसँगै निको हुनेको संख्या १४ हजार ४९२ पुगेको छ । २४ घन्टामा ६ हजार ९९३ परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुुसार शनिबारसम्म पीसीआर विधिबाट ३ लाख ८२ हजार ४९० परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घण्टामा जम्मा ६ हजार ९९३ पीसीआर परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ११ हजार ५३३ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ५ हजार ३३८ जना रहेको छ ।

जिल्लागत तथ्यांकअनुसार संक्रमित हुनेमा यस प्रकारका रहेका छन् ।

  • कैलाली ८९
  • बझाङ ६८
  • पर्सा ६६
  • इलाम २२
  • सुनसरी १
  • झापा २
  • सिरहा ५
  • उदयपुर १
  • मोरङ ३
  • सप्तरी ७
  • बारा १
  • रौटहट १
  • कञ्चनपुर ९
  • काठमाडौँ ५
  • काभ्रेपलाञ्चोक १
  • रामेछाप २
  • भक्तपुर १
  • कास्की १
  • रुपन्देही २
  • सल्यान १

प्रकाशित : श्रावण १७, २०७७ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?