१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

श्रम रोजगार कार्यालय विराटनगरका प्रमुख सञ्‍जेलमाथि हातपात

कान्तिपुर संवाददाता

काठमाडौँ — श्रम रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्‍जेलमाथि कार्यकक्षमै हातपात भएको छ । मोरङ प्रहरी प्रमुख एवं एसपी सन्तोष खड्काले सञ्‍जेलमाथि कार्यालयमा कार्यरत दुई जना महिला कर्मचारीहरुले हातपात गरेको कान्तिपुरलाई बताए ।

श्रम रोजगार कार्यालय विराटनगरका प्रमुख सञ्‍जेलमाथि हातपात

उनले भने, 'ड्युटी सिफ्ट परिवर्तन गर्ने विषयमा भनाभन हुने क्रममा हातपात भएको रहेछ । अहिले दुवै पक्षलाई छलफलका लागि बोलाएका छौं ।' ती महिलाहरु कार्यालय सहयोगीको रुपमा कार्यरत रहेको खड्काले बताए ।

'ड्युटीमा खटाउने क्रममा उहाँहरुले राति नखटाइदिनु भन्दा विवाद चर्केपछि हातपात भएको रहेछ,' एसपी खड्काले कान्तिपुरलाई भने । प्रहरीका अनुसार बिहान ११ बजेतिर उपसचिव सञ्‍जेलले आफूमाथि कुटपिट भएको भन्दै प्रहरीलाई खबर गरेका थिए ।

प्रकाशित : श्रावण १७, २०७७ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?