कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

नेपाल-चीन सम्बन्धलाई नयाँ उचाइ दिन तयार छौं : चिनियाँ राष्ट्रपति सी

नेपाल–चीन कूटनीतिक सम्बन्धको ६५ औं वर्ष 
कान्तिपुर संवाददाता

काठमाडौँ — चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन–नेपाल सम्बन्धलाई अघि बढाउन नेपालसँग काम गर्न तयार रहेको बताएका छन् । नेपाल–चीनको कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औं वर्ष वार्षिकोत्सव पुगेको उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारी बधाई सन्देश पठाउँदै राष्ट्रपति सीले दुई मुलुकका जनताहरुलाई बढी फाइदा पुर्‍याउने र यस क्षेत्रको स्थिरता र विकासमा सकारात्मक योगदान दिने बताएका हुन् ।

नेपाल-चीन सम्बन्धलाई नयाँ उचाइ दिन तयार छौं : चिनियाँ राष्ट्रपति सी

सीले भण्डारीलाई पठाएको सन्देशमा दुई मुलुकले कूटनीतिक सम्बन्ध स्थापना भएदेखि एकअर्कालाई सम्मान र समान व्यवहार गरेको, राजनीतिक रुपमा आपसी विश्वास र गहन रुपमा पारस्परिक सहयोग गरिरहेको बताएका छन् । राष्ट्रपति सीले चीन-नेपाल सम्बन्धलाई नयाँ उचाइ दिन तयार रहेको पनि बताएका छन् ।

परराष्ट्र मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रिपति विद्यादेवी भण्डारीले राष्ट्रपति सीलाई तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी र प्रधानमन्त्री ली केकियाङलाई बधाई सन्देश पठाएका छन् । यस्तै, लीले प्रधानमन्त्री ओलीलाई पनि सन्देश पठाएका छन् । परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र चीनका परराष्ट्रमन्त्री वाङ यीले पनि एकअर्कालाई बधाई सन्देश दिएका छन् ।

राष्ट्रपति भण्डारीले सीलाई पठाएको बधाई सन्देशमा दुई मुलुक बीचको सम्बन्धलाई अगामी दिनमा थप मजबुत बनाउनको लागि जोड दिएकी छन् ।राष्ट्रपति भण्डारीले सीले गत वर्ष अक्टोबरमा गरेको नेपाल भ्रमणको स्मरण गराउँदै उक्त अवशरमा नेपाल–चीन बीचको सम्बन्धलाई थप बढाउन रणनीतिक साझेदारी र सहकार्यलाई विकास र सम्वृद्धिको लागि कहिल्यै नटुंगिने मित्रताको रुपमा लिने निर्णय भएको बताइन् ।

भण्डारीले गत वर्षको अप्रिलमा आफ्नो चीन भ्रमणका दौरान महत्वपूर्ण सम्झौता र समझदारी भएको बारेमा पनि स्मरण गराएकी छन् । उनले हासिल गरेको प्रगति र समृद्धिको सराहाना गर्दै चीनले तय गरेको दुई शताब्दीको लक्ष्यहरु सकार गर्न सफलताको काम गरिन् ।

राष्ट्रपति भण्डारीले चीनले नेपालको सामाजिक–आर्थिक विकास तथा कोभिड–१९ महामारीको बेलामा अतिआवश्यक मेडिकल सामग्री र आफ्ना ज्ञान, अनुभवहरुको जानकारी दिएकोमा पनि प्रशंसा गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले पनि सीलाई पठाएको बधाई सन्देशमा दुई मुलुक बीच युगौदेखिको गहिरो सम्बन्धलाई जोड दिँदै नेपालले लगातार रुपमा एक चीन नीतिलाई कायम राखेको बताए । ओलीले चीनले जहिले पनि नेपालको सार्वभौमिकता, क्षेत्रीय अखण्डता र राजनीतिक स्वतन्त्रतालाई सम्मान गरेको पनि बताएका छन् ।

प्रधानमन्त्री ओलीले यसअघि राष्ट्रपति सीले गरेको नेपाल भ्रमण र आफ्नो सन् २०१६ र सन् २०१८ मा चीन भ्रमणका दौरान भएका सहमति र सम्झौतालाई स्मरण गर्दै त्यसलाई कार्यान्वयनमा लाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले ती भ्रमणका क्रममा भएका पारवहन यातायात सम्झौता र यसको प्रोटोकल, नेपाल–चीन सीमापार रेलवे परियोजनाको सम्भाव्यता अध्ययन लगायतका पूर्वाधार विकास र कनेक्टिभिटीलाई बढावा दिइ द्विपक्षीय सम्झौता र द्विपक्षीय सहयोग अभिवृद्धि गर्न महत्वपूर्ण रहेको बताएका छन् । बेल्ट एन्ड रोड (इनिसिएटिभ) पहलको सराहना गर्दै प्रधानमन्त्री ओलीले यसले बहुआयामिक कनेक्टिभिटी नेटवर्क अन्तरगत पर्ने कुराहरु लगायतका विकास एजेन्डाको लागि नेपाललाई एउटा महत्वपूर्ण आधार प्रदान गरेको बताएका छन् ।

प्रकाशित : श्रावण १७, २०७७ १५:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?