कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

नक्सालबाट ‘इनफ इज इनफ’ अभियानका २० जना पक्राउ [तस्बिरहरु]

तस्बिर : केशव थापा

काठमाडौँ — शनिबार नक्सालस्थित भाटभटेनी सुपरमार्केट अगाडि शान्तिपूर्ण रुपमा प्रदर्शन गरिरहेका ‘इनफ इज इनफ’ अभियानका सदस्यहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

नक्सालबाट ‘इनफ इज इनफ’ अभियानका २० जना पक्राउ [तस्बिरहरु]

पर्चा, पम्पलेटबिना शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन जान हिँडेका बेला बाटोबाटै पक्राउ गरिएको अभियानकी सदस्य भावना राउतले बताइन् । प्रहरीले राउतसहित, शशिविक्रम कार्की, विजयबाबु सिवाकोटीलगायत २० जनालाई पक्राउ गरेको छ । पक्राउ गरिएकालाई महानगरीय प्रहरी वृत्त मालीगाउँमा राखिएको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले कान्तिपुरलाई बताए ।

‘इनफ इज इनफ’ अभियानले केही दिनदेखि कोरोना रोकथाममा सरकारले लापरबाही गरेको, स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरिएको र पर्याप्त मात्रामा पीसीआर परीक्षण नगरिएको भन्दै विरोध प्रदर्शन गरिरहेको छ ।

शुक्रबार पनि प्रधानमन्त्री निवास बालुवाटरअघि अभियानको शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरीले धरपकड गरेको थियो । शुक्रबार रन्जु दर्शजा, सुदन गुरुङ, आलोक सुवेदी, सुधन मानन्धर, शशिविक्रम कार्की, वृतान्त खनाल, सौरभ न्यौपाने, पवन थापालगायत ५० भन्दा बढीलाई नियन्त्रणमा लिएर छाडिएको थियो ।

प्रकाशित : श्रावण १७, २०७७ १३:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?