कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

उपरथी हमालले सम्हाले यूएन फोर्स कमान्डको जिम्मेवारी

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली सेनाका उपरथी ईश्वर हमाल संयुक्त राष्ट्र संघ (यूएन) को फोर्स कमान्डरको भूमिका निर्वाह गर्न सिरिया पुगेका छन् ।

उपरथी हमालले सम्हाले यूएन फोर्स कमान्डको जिम्मेवारी

सिरियास्थित संयुक्त राष्ट्र संघ डिसइनगेजमेन्ट अब्सर्भर फोर्स मिसनको प्रमुखको रुपमा उनले जिम्मेवारी सम्हालेका हुन् । हमालले साउन १२ गतेदेखि जिम्मेवारी सम्हालेका हुन् ।

सैनिक मुख्यालयले जारी गरेको विज्ञप्तिअनुसार हमालले कार्यभार सम्हाल्दै मिसनका लक्ष्यहरु हासिल गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताएका थिए । साथै, हमालले सबैको सहयोगको अपेक्षा रहेको पनि बताएका थिए । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले हमाललाई फागुन १२ मा उक्त पदमा नियुक्त गरेका थिए । यूएन मिसनको प्रमुख अर्थात् फोर्स कमान्डरको भूमिका पाउने हमाल छैँटौं नेपाली सैनिक अधिकारी हुन् ।

प्रकाशित : श्रावण १७, २०७७ १२:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?