कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

गुल्मीमा एकै घरका ४ जना पहिरोमा पुरिए, १ को शव फेला, ३ बेपत्ता

घनश्याम गौतम

रूपन्देही — गुल्मीको रुरु गाउँपालिका–५ आँटीपाटामा शुक्रबार गएको पहिरोमा एकैघरका चार जना पुरिएका छन् । एक बालकको शव फेला परेको छ । तीन जना बेपत्ता छन् ।  

गुल्मीमा एकै घरका ४ जना पहिरोमा पुरिए, १ को शव फेला, ३ बेपत्ता

घर माथिबाट ढुंगासहित बगेर आएको पहिरोले राजु माझीको घर बगाएको हो ।

पहिरोमा पुरिएर उनकी श्रीमती विना माझी, १२ वर्षभन्दा कम उमेरका दुई छोरा सागर र हेमन्त पहिरोमा बेपत्ता छन् । करिब ४ वर्षीया छोरी विनिताको शव फेला परेको छ ।

साँझ ६ बजेपछि परेको मुसलधारे वर्षाले पहिरो गएको र पहिरोमा तीन जना बेपत्ता र एक जनाको मृत्यु भएको वडअध्यक्ष हरि ज्ञवालीले बताए । ‘तीन जना पहिरोमै बेपत्ता छन्,’ उनले भने, ‘एक जना बालिकाको मृत्यु भएकै अवस्थामा शव फेला परेको छ ।’ पानी परिरहेकाले उद्धार र खोजीमा समस्या भइरहेको उनले बताए ।

घटनास्थल गुल्मीको सदरमुकाम तम्घासबाट झण्डै ४० किलोमिटर पूर्वमा पर्छ । घटनास्थलमा रिडी र श्रृंगा प्रहरी चौकीबाट प्रहरी जाँदै गरेको र थप विवरण आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।

प्रकाशित : श्रावण १६, २०७७ २२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?