कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

समयमै फोरजी सेवा विस्तार नहुनुको कारण पेस गर्न सरकारलाई विकास समितिको निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभाअन्तर्गत विकास तथा प्रविधि समितिले नेपाल टेलिकमको फोरजी सेवा विस्तार निर्धारित समयमै नहुनुको कारण उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

समयमै फोरजी सेवा विस्तार नहुनुको कारण पेस गर्न सरकारलाई विकास समितिको निर्देशन

समितिको शुक्रबारको बैठकले टेलिकमको फोरजी सेवा विस्तार निर्धारित समयभित्र सम्पन्‍न नहुनुको कारण ७ दिनभित्र समितिमा उपलब्ध गराउन सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको हो ।

सभापति कल्याणीकुमारी खड्काले बैठकका निर्णय सुनाउँदै टेलिकमले फोरजी सेवा विस्तारमा भएको ढिलाइएको कारण ७ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएकी हुन् । टेलिकमको सेवा प्रभावकारी नभएको जनगुनासो आएकाले गुणस्तरीय र नागरिकका अपेक्षाअनुरुप सेवा विस्तारको कार्ययोजनासमेत ३० दिनभित्र समितिमा पेस गर्नसमेत मन्त्रालयलाई निर्देशन दिइएको छ ।

नेपाल टेलिकममा रणनीतिक साझेदार भित्र्याउन अगाडि बढाइएको प्रक्रियाको सन्दर्भमा कस्तो मोडालिटीमा काम भइरहेको छ भन्ने सम्बन्धमा स्पष्ट नीतिगत व्यवस्था गरी सोको जानकारी गराउनसमेत मन्त्रालयलाई निर्देशन दिएको छ ।

त्यस्तै नेपाल दूरसञ्चारसँग आबद्ध नेपाल टेलिकम र अन्य निजी सेवा प्रदायक संस्थाहरुबाट गत आर्थिक वर्षमा ग्राहकलाई वितरण गरेको सिमकार्डको विवरण एक हप्ताभित्र उपलब्ध गराउनसमेत मन्त्रालय र दुरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको छ । त्यसका साथै नेपालमा सञ्चालित दूरसञ्चार संस्थाहरुको आर्थिक अवस्थाबारे जानकारी गराउन भनेको छ ।

प्रकाशित : श्रावण १६, २०७७ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?