२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुग्यो 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा कोरोना संक्रमणबाट २४ घन्टामा थप ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । मन्त्रालयका अनुसार मृत्यु हुनेमा पर्सा जिल्ला वीरगन्ज महानगरपालिका ११ श्रीपुर निवासी ५६ वर्षीय पुरुष रहेका छन् । उनको साउन १५ गते मृत्यु भएको थियो । साउन ६ गते कोरोना पुष्टि भएका उनी मुटु रोगी थिए । उनको आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । 

कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुग्यो 

त्यसैगरी पर्सा जिल्ला वीरगन्ज महानगरपालिका १६ निवासी ३५ वर्षीय साउन १५ गते गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको छ ।

पर्सा जिल्ला वीरगन्ज महानगरपालिका २ छपकैया निवासी ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । ती पुरुषको साउन १५ गते मृत्यु भएको हो ।

पर्सा जिल्ला वीरगन्ज महानगरपालिका ११ स्थायी घर भइ ललितपुर थसीखेल–५ बस्ने एक ६५ वर्षीया महिलाको पनि कोरोना संक्रमणले मृत्यु भएको हो । उनी मधुमेह तथा रक्तचापका बिरामी थिइन् । साउन ६ गते पाटन अस्पताल भर्ना भएकी उनको साउन १६ गते मृत्यु भएको हो ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको बताए ।

प्रकाशित : श्रावण १६, २०७७ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?