२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

बागबजारबाट एक केजी सुनजस्तो पहेंलो धातु बरामद

मातृका दाहाल

काठमाडौँ — बागबजारबाट प्रहरीले सुनजस्तो देखिने एक केजी पहेंलो धातु बरामद गरेको छ । महानगरीय प्रहरी कार्यालयकी एसएसपी किरण बज्राचार्यका अनुसार उमेश श्रेष्ठको डेराबाट यो धातु बरामद गरिएको हो । उमेशलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

बागबजारबाट एक केजी सुनजस्तो पहेंलो धातु बरामद

बज्राचार्यका अनुसार उमेशले आफ्ना साथी प्रहरी जवान प्रसन्न श्रेष्ठले यो धातु राख्न दिएको बताएका छन् ।

मंगलबार कमलादीमा भेटिएको १५ किलो सुनजस्तै पहेंलो धातु प्रकणमा गलत सूचना दिएको भन्दै दरबारमार्ग वृत्तका घुमुवा प्रसन्न प्रहरी नियन्त्रणमा छन् । यो सुन हो कि होइन भन्ने अनुसन्धान भइरहेको बज्राचार्यले बताइन् ।

प्रकाशित : श्रावण १६, २०७७ १३:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?