कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घरमै बसेर इद मनाउन मुस्लिम आयोगको आग्रह

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै मुस्लिम आयोगले घरमै बसेर इद उल अज्हा मनाउन आग्रह गरेको छ । शुक्रबार प्रेस विज्ञप्तिमार्फत आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले शनिबार परेको इदको शुभकामना व्यक्त गर्दै घरमै नमाज पढेर इद उल अज्हा मनाउन आग्रह गरेका हुन् ।

घरमै बसेर इद मनाउन मुस्लिम आयोगको आग्रह

‘इद उल अज्हाको नमाज पनि ५ जनासम्मले मस्जिदमा पढ्न पाउने र ओल्माहरु मुफ्तीहरु, नेपाली जामे मस्जिद पञ्च कश्मीरी ताकिया जामा मस्जिदका पदाधिकारीहरुको सल्लाहबमोजिम अन्य सबै आ–आफ्नो तरिकाअनुसार घरमै बसी नमाज पढी इद उल अज्हा मनाउन सम्बन्धित सबैमा अनुरोध गर्दछु,’ विज्ञप्तिमा लेखिएको छ ।


प्रकाशित : श्रावण १६, २०७७ १३:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?