कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सुन तस्करले प्रयोग गरेको जिप ललितपुरको नखिपोटबाट बरामद

मातृका दाहाल

काठमाडौँ — सुन तस्करले प्रयोग गरेको बा ६ च ५५१९  नम्बरको जिप महानगरीय अपराध महाशाखाको टोलीले ललितपुरको नखिपोटबाट बरामद गरेको छ ।

महाशाखा प्रमुख एसएसपी दीपक थापाका अनुसार जिपलाई ललितपुरको नखिपोटस्थित बन्दै गरेको एउटा घरमा लुकाइएको अवस्थामा फेला परेको हो । तस्करीमा संलग्न तीन भारतीय नागरिक सुन, चाँदी र पेस्तोल फ्याकेर कमलादीबाट त्यही जिपमा भागेका थिए ।

फरार तीन जनालाई नवलपरासीबाट पक्राउ गरी बुधबार राति काठमाडौं ल्याइसकिएको छ । गाडी र अभियुक्तलाई केही बेरमा महाशाखा र काठमाडौं प्रहरीले संयुक्त पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दैछ । प्रहरीका अनुसार बुधबार दिउँसो नवलपरासी पूर्वबाट भारतीय नागरिकहरु देवान पटेल, विजय पटेल र निलेश सखिया पक्राउ परेका हुन् ।

सखिया १२ दिनअघि नेपाल आएका थिए । अन्य दुई जना केही महिना पहिले नै काठमाडौं आएको खुलेको छ । तीनैजना अभियुक्त गुजरातको राजकोटका नागरिक भएको पनि खुलेको छ ।

सम्बन्धित समाचार

प्रकाशित : श्रावण १५, २०७७ १५:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?