कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

संवैधानिक परिषद्को ढाँचामाथि प्रश्‍न

‘राजनीतीकरणको संशय घटाउन परिषद्लाई गैरराजनीतिक संयन्त्रका रुपमा विकास गर्नुपर्छ’
राजेश मिश्र

काठमाडौँ — लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीले संवैधानिक निकायमा राजनीतीकरण भयो भन्ने संशय बढ्नुमा संवैधानिक परिषद्को ढाँचा पनि कारक रहेको बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा केही सांसदले संवैधानिक निकाय सरकारको लाचार छाया बन्ने गरेको, राजनीतिक स्वार्थअनुसार काम हुने गरेको कुरा उठाएका थिए ।

संवैधानिक परिषद्को ढाँचामाथि प्रश्‍न

प्रत्युत्तरमा लोक सेवाका अध्यक्ष मैनालीले पदमा बहाल भएपछि पदीय गरिमाले पनि लोक सेवाका कुनै पदाधिकारीले त्यस्तो छनक आउन नदिएको बताए । लोक सेवाले स्वतन्त्र ढंगले काम गर्दै आएको उनको भनाइ थियो । ‘संवैधानिक परिषद्मा प्रधानन्यायाधीशबाहेकका सबै सदस्य राजनीतिक व्यक्ति हुनुहुन्छ, परिषद्मा नियुक्तिका लागि कसै न कसैले नाम प्रस्ताव गर्नैपर्ने भयो, राजनीतिक व्यक्तिबाटै नाम आउने भएपछि टीकाटिप्पणी हुने भयो,’ उनले भने, ‘त्यसलाई घटाउन संवैधानिक परिषद्लाई गैरराजनीतिक संयन्त्रका रूपमा विकास गर्नुपर्छ ।’

प्रधानमन्त्रीको अध्यक्षतामा हुने परिषद्मा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य हुन्छन् । समितिले आर्थिक वर्ष ०७५/७६ को लोक सेवाको वार्षिक प्रतिवेदनमाथि बुधबार छलफल चलाएको थियो । छलफलमा सांसद राजेन्द्र श्रेष्ठले संवैधानिक निकायहरू पूर्वप्रशासकको क्लबजस्तो बनेको बताएका थिए । अहिले सबैजसो संवैधानिक निकायका प्रमुख तथा सदस्य पूर्वप्रशासक छन् ।

सांसद अमरेशकुमार सिंहले शक्ति पृथकीकरणको सिद्धान्त कमजोर भएको बताए । समितिले संवैधानिक निकायहरूको वार्षिक प्रतिवेदनमाथि अध्ययन गरी सुझाव दिन तीनवटा उपसमिति गठन गरेको छ ।

प्रकाशित : श्रावण १५, २०७७ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?