२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

उपत्यकामा १५ सहित थप २१० जनामा संक्रमण, संक्रमितको संख्या १९ हजार २७३ पुग्यो   

कान्तिपुर संवाददाता

काठमाडौँ — उपत्यकामा १५ सहित थप २१० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घन्टामा थप २१० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । उनका अनुसार नेपालमा संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ ।     

उपत्यकामा १५ सहित थप २१० जनामा संक्रमण, संक्रमितको संख्या १९ हजार २७३ पुग्यो   

२४ घन्टामा १४६ जना संक्रमित निको भएर घर फर्किएका छन् । यो सँगै १४ हजार २१ जना कोरोना निको भएर डिस्चार्ज भएका प्रवक्ता गौतमले बताए । ७२.७ प्रतिशत संक्रमित निको भएको छ ।

भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ भने बुधबार संक्रमणमुक्त जिल्ला बनेका छन् ।

प्रवक्ता गौतमका अनुसार आइसोलेसनमा ५ हजार ३६० र क्वारेन्टाइनमा १४ हजार ४७१ रहेका छन् ।

जिल्लागत नयाँ संक्रमितको विवरण




प्रकाशित : श्रावण १४, २०७७ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?