कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

पौडेल समूहको बैठक सानेपामा

कूलचन्द्र न्यौपाने

काठमाडौँ — पार्टीभित्रका पछिल्ला गतिविधि, विभाग गठन, पार्टीमा भएका अन्य दलका नेता कार्यकर्ताको समायोजन लगायतका विषयमा छलफल गर्न कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ । महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेपछि नयाँ विभाग गठन गरिएको तथा पार्टीमा नयाँ प्रवेश गरेकालाई दिइएको पदबारे छलफल नगरिएको लगाएका विषयमा यो समूह असन्तुष्ट छ । 

पौडेल समूहको बैठक सानेपामा

बैठकमा बरिष्ठ नेता पौडेलका साथै महामन्त्री सशांक कोइराला तथा नेताहरु अर्जुननरसिंह केसी, रामशरण महत, शेखर कोइराला, मीनेन्द्र रिजाल, दिलेन्द्र बडु, किरण यादव, सरिता प्रसाई, चन्द्र भण्डारी लगायत छन् । नेता प्रकाशमान सिंह भने अर्को कार्यक्रममा व्यस्त रहेको सूचना दिएर अनुपस्थित छन् ।

बैठकले विभाग गठन, समायोजन र कृयाशिल सदस्यता वितरणबारे सभापति देउवालाई पठाउने लिखित पत्र तयार गर्ने बैठकमा सहभागि एक नेताले बताए ।

प्रकाशित : श्रावण १४, २०७७ १५:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?