१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

जसपाकी लीलादेवी सिटौलाले लिइन् सांसदको शपथ

कान्तिपुर संवाददाता

काठमाडौँ — जनता समाजवादी पार्टीको तर्फबाट लीलादेवी सिटौलाले प्रतिनिधिसभाको समानुपातिक सांसद पदको शपथ लिएकी छन् ।

जसपाकी लीलादेवी सिटौलाले लिइन् सांसदको शपथ

सभामुख अग्निप्रसाद सापकोटाले शपथ ग्रहण गराएका हुन् । उनी जनता समाजवादीको तर्फबाट खस आर्य क्लस्टरबाट सांसद निर्वाचित भएकी हुन् । उनी ललितपुरकी स्थानीय हुन् । शपथ ग्रहण कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायतको उपस्थिति थियो ।

पार्टी ‘ह्विप’ नमानेका कारण पार्टीको संगठित सदस्य र सांसद पदबाटसमेत हटाइएकी सरिता गिरीको ठाउँमा सिटौला नियुक्त भएकी हुन् ।

गिरीले भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा समेटिएको र त्यसलाई संविधानको अनुसूचीमा समेट्न ल्याइएको संशोधन विधेयकको विरोध गरेकी थिइन् । संविधानको अनुसूची ३ मा रहेको निसान छापमा उक्त नक्सा राख्न विधेयकमाथि मतदान भएका दिन समाजवादीले पक्षमा मतदान गर्न सांसदहरूलाई ह्विप जारी गरेको थियो । त्यसलाई गिरीले अस्वीकार गरेकी थिइन् ।

प्रकाशित : श्रावण १४, २०७७ १३:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?