मलेसियाका 'डिपोटेसन सेन्टर' मा रहेका ५३ जना नेपालीको उद्धार

होम कार्की

काठमाडौँ — मलेसियाका घर फिर्ती केन्द्र (डिपोटेसन सेन्टर)मा रहेका ५३ जनासहित ५५ जना नेपालीको उद्धार गरिएको छ । मलेसियास्थित नेपाली दूतावासले हवाई कम्पनीसँग समन्वय गरी टिकट प्रबन्ध गर्न नसक्नेलाई नि:शुल्क नेपाल पठाएको हो ।

मलेसियाका 'डिपोटेसन सेन्टर' मा रहेका ५३ जना नेपालीको उद्धार

‘हिमालयन एयरलाइन्सको चार्टर विमान यात्रु लिन सिंगापुर आएको थियो । त्यही विमानमा मलेसियाका जेलमा रहेका र बिरामी नेपाली कामदारलाई पठाइएको हो,’ मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले कान्तिपुरलाई भने,‘यसमा सरकार र कामदारको तर्फबाट टिकटको भुक्तानी गर्नु परेन ।’

मलेसियाका जेलमा रहेकामध्ये दुई सय जनालाई स्वदेश पठाइसकेको छ । जेलमा अझै एक सय जना रहेका छन् ।

दूतावासका अनुसार घर फिर्न चाहेकामध्ये ५ हजार ६ सय जना नेपाल फर्किसकेका छन् । नेपाल फर्कन चाहने बाँकीलाई दुई साताभित्र पठाइने राजदूत पाण्डेले बताए । लकडाउन अवधिमा मलेसियामा सय जना नेपालीको ज्यान गएको थियो । जसमध्ये स्वदेश पठाउन बाँकी रहेको १३ जनाको शव एक साताभित्र पठाइने उनले बताए ।

प्रकाशित : श्रावण १४, २०७७ १४:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?