२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

चिनियाँ राजदूत होउ र नेता पौडेलबीच भेट

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले मंगलबार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटेघाट गरेकी छन् । भेटका लागि राजदूत होउ पौडेलको निजी निवास बोहराटार पुगेकी थिइन् ।

चिनियाँ राजदूत होउ र नेता पौडेलबीच भेट

सयौं वर्षदेखि नेपाल–चीन बीचको सुमधुर सम्बन्ध र औपचारिक सम्बन्ध स्थापना भएको ६३ औं वर्ष गाँठको अवसरमा नेता पौडेल र होउ बीच भेट भएको पौडेलका निजी सचिव चिरन्जिवी अधिकारीले जानकारी दिए ।

भेटमा बीपी कोइराला र माओ त्सेतुङका पालादेखि नेपाली कांग्रेस र चिनियाँ कम्युनिस्ट पार्टीको बीचको सम्बन्धको चर्चा भएको पौडेलले आफ्नो फेसबुक पेजमा लेखेका छन् । ‘चीन सरकारले कोभिड–१९ नियन्त्रणमा प्राप्त गरेको सफलता र नेपाललाई कोभिड–१९ नियन्त्रणका लागि यथेष्ट सहयोग गर्ने बारे चर्चा भयो,’ पौडेलले पेजमा लेखेका छन् ।

यसअघि चिनियाँ राजदूत होउले नेकपा भित्रको अन्तर संघर्ष चलिरहेको बेलामा नेकपाका शीर्ष नेताहरुसँग भेटवार्ता गर्दा आलोचना भएको थियो ।

प्रकाशित : श्रावण १३, २०७७ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?