२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

कोरोना संक्रमण बढेसँगै स्याङ्जामा १० दिन अत्यावश्यकबाहेक सबै सेवा बन्द

प्रतीक्षा काफ्ले

स्याङ्जा — कोरोना संक्रमण बढेपछि स्याङ्जामा मंगलबारदेखि १० दिनसम्मका लागि अत्यावश्यकबाहेकका सेवा बन्द गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । एसपीसहित जिल्ला प्रहरी कार्यालयमा कार्यरत १८ जना प्रहरी कर्मचारीलाई एकैपटक कोरोना पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले मंगलबारदेखि १० दिनसम्म अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्न अनुरोध गरेको हो ।

कोरोना संक्रमण बढेसँगै स्याङ्जामा १० दिन अत्यावश्यकबाहेक सबै सेवा बन्द

कोरोना भाइरसको संक्रमण रोकथामका लागि अत्यावश्यक सेवा बाहेक आवतजावतमा पूर्णरुपमा बन्देज गरिएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जनाएको छ । जनताको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई नै कोरोना पुष्टि भएपछि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्न अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए । प्रहरी प्रमुखसहित सुरक्षाकर्मी जिल्लाको धेरै ठाउँमा पुगेको र उनीहरुको सम्पर्कमा धेरै मानिस आएकाले पनि पुतलीबजार धेरै जोखिम देखिएकाले समुदायमा संक्रमण फैलिन अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएको उनले बताए ।

घरबाहिर निस्कन आवश्यक परेमा अनिवार्य रुपमा मास्क लगाउन, सामाजिक दूरी कायम गर्न र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनका लागि प्रशासनले आग्रह गरेको छ । सीसीएमसीको निर्णयलाई अवज्ञा गर्ने जो कोहीलाई पनि संक्रामक रोग ऐन–२०२० अनुसार कारबाही हुने प्रजिअ क्षेत्रीले बताए । जिल्ला पूर्णरुपमा बन्द गरिएको भए पनि कोरोना संक्रमित प्रत्यक्ष सम्पर्कमा आएकाको स्वाब लिइने काम निरन्तर भइरहने स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले बताए ।


प्रकाशित : श्रावण १३, २०७७ १३:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?