एनसेलद्वारा पुल्चोक क्याम्पसलाई पुरस्कार रकम हस्तान्तरण

कान्तिपुर संवाददाता

काठमाडौँ — दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले ललितपुरको इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसलाई ‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७७’ अन्तर्गतको पुरस्कार रकम हस्तान्तरण गरेको छ ।

एनसेलद्वारा पुल्चोक क्याम्पसलाई पुरस्कार रकम हस्तान्तरण

व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत पुल्चोकका पाँच संकायका उत्कृष्ट विद्यार्थीलाई सात वर्षदेखि बर्सेनि सम्मान गर्दै आएको कम्पनीले पुरस्कारको २४ लाख रुपैयाँ क्याम्पस प्रमुख प्राडा लक्ष्मण पौडेललाई सोमबार हस्तान्तरण गरेको हो ।

इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, कम्प्युटर, सिभिल र मेकानिकल संकायका १८ विद्यार्थीलाई छात्रवृत्ति र ६ जनालाई दिइँदै आएको उत्कृष्टता सम्मानको जनही एक लाख नगद क्याम्पसले छिट्टै हस्तान्तरण गर्ने प्रमुख पौडेलले बताए । एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले यसपटक कोभिड–१९ का कारण कार्यक्रम गर्न नपाए पनि उत्कृष्ट प्रतिभाहरूको कदर हुने भन्दै सम्बद्ध विद्यार्थीका लागि शुभकामना व्यक्त गरे । एनसेलले छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमअन्तर्गत विद्यार्थीलाई पुरस्कार दिन २०८० सम्मका लागि क्याम्पससँग सम्झौता गरेको छ ।

प्रकाशित : श्रावण १३, २०७७ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?