कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

इनफ इज इनफ अभियानको सत्याग्रहमा कांग्रेसको ऐक्यबद्धता

कान्तिपुर संवाददाता

काठमाडौँ — कोभिड-१९ को सवल व्यवस्थापन र जनताको जीवन रक्षा गर्न माग गर्दै इनफ इज इनफ अभियानले सुरु गरेको सत्याग्रहका लागि नेपाली कांग्रेसले ऐक्यबद्धता जनाएको छ ।

इनफ इज इनफ अभियानको सत्याग्रहमा कांग्रेसको ऐक्यबद्धता

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले वसन्तपुरमा सत्याग्रह बसेका इनफ इज इनफ अभियानका युवाहरुलाई भेट्दै कोभिड-१९ नियन्त्रणका लागि गरिएको सत्याग्रहमा कांग्रेसको ऐक्यबद्धता रहेको बताएका हुन् ।

युवाहरुले कोभिड-१९ नियन्त्रणका लागि राखेको जायज माग प्रति कांग्रेसको समर्थन रहेको र सत्याग्रहका लागि ऐक्यबद्धता रहेको प्रवक्ता शर्माले बताए । कोभिड संक्रमण सुरु भएदेखि नै नेपाली कांग्रेसले आरडीटीलाई खारेज गरी पीसीआर प्रविधिबाट परीक्षण सुरु गर्न सुझाव दिइएको तर सरकारले बेवास्ता गरेको शर्माले बताए ।

युवाहरुले अघिल्लो पटक गरेको अनसनका बेला सरकारले जे सम्झौता गरेको थियो ती सम्झौतालाई पुरा गरी सम्पूर्ण नेपाली नागरिकको जीवन रक्षा गर्नुपर्ने उनले बताए ।

इनफ इज इनफ अभियानका युवाहरु १० दिनदेखि कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि आरडीटी परीक्षण खारेज गर्न र पीसीआर परीक्षण गर्न माग गर्दै खाना पानी नखाइ सत्याग्रह बसेका छन् ।

प्रकाशित : श्रावण १२, २०७७ १५:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?