वडाध्यक्ष पक्राउको विरोधमा ललितपुर महानगरपालिकामा काम ठप्प
ललितपुर — स्थानीय तह कर्मचारी संघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी संगठन स्थानीय ललितपुर महानगरपालिका कार्यालय इकाइले वडा नम्बर ३ का अध्यक्ष श्रीगोपाल महर्जनलाई प्रहरीले पक्राउ गरेको विरोधमा सोमबार ‘पेन डाउन’ गरी काम बन्द गरेका छन् । सोमबार महानगरपालिकाभित्रका सबै वडामा काम बन्द गरिएको छ ।
प्रहरीले वडाध्यक्ष महर्जनलाई नक्कली कागजात खडा गरी अवैध रुपमा मिर्गौला प्रत्यारोपणका लागि सिफारिस दिएको आरोपमा असार २७ गते पक्राउ गरेको थियो । कर्मचारी संगठनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘वडाध्यक्षलाई अनावश्यक रुपमा सोधपुछ गरेको प्रति महानगरपालिका कर्मचारी संगठनको ध्यानाकर्षण भएको छ । जनप्रतिनिधिलाई मुद्दा चलाउन तत्काल बन्द गर । दोषीउपर छानबिन गरी अनुसन्धान गर ।’
महानगरीय प्रहरी परिसरका ललितपुरका प्रवक्ता एसपी एसपी तुलबहादुर कार्कीले घटनाको अनुसन्धान भइरहेकाले यसबारेमा अहिले केही बोल्न नमिल्ने प्रतिक्रिया दिए ।
प्रकाशित : श्रावण १२, २०७७ ११:५९