धनुषामा कोरोनाबाट ३८ वर्षीय पुरुषको मृत्यु

अजित तिवारी

धनुषा — सहिदनगर नगरपालिकाको डुमरियाका ३८ वर्षीय युवकको कोरोना संक्रमणबाट आइतबार मृत्यु भएको छ । अत्यधिक ज्वरो, रुघाखोकी लागेपछि उनी शनिबार प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए । उनलाई फोक्सो र मुटुमा समेत समस्या थियो ।

धनुषामा कोरोनाबाट ३८ वर्षीय पुरुषको मृत्यु

स्वास्थ्य अवस्था जटिल बनेपछि जनकपुरबाट थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रादेशिक अस्पतालका मेसु डा. नागेन्द्र यादवले बताए । उनको आइतबार बिहान स्वाबको नमुना लिई प्रादेशिक अस्पतालको प्रयोगशालामा परीक्षण गरिएको थियो । ‘परीक्षण नतिजा पोजिटिभ आएको छ,’ डा. यादवले भने । मृतकको शव व्यवस्थापन जनकपुरमै गरिने उनले बताए ।

प्रकाशित : श्रावण ११, २०७७ २१:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?