१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

भ्रष्टाचार मुद्दामा सहसचिव श्रेष्ठलाई सफाइ 

कान्तिपुर संवाददाता

काठमाडौँ — विशेष अदालतले सहसचिव चन्द्रमान श्रेष्ठलाई गैरकानुनी सम्पत्ति आर्जनको अभियोगबाट सफाई दिएको छ । बढुवा सिफारिस समितिले सचिवमा नाम सिफारिस गरेसँगै उनले भ्रष्टाचारको आरोपबाट सफाइ पाएको खुलेको हो ।

भ्रष्टाचार मुद्दामा सहसचिव श्रेष्ठलाई सफाइ 

गत असार २४ गते विशेष अदालतका सदस्यहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलासले श्रेष्ठलाई सफाई दिएको खुलेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वातावरण मन्त्रालयका त्यतिबेलाका सहसचिव श्रेष्ठविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले २०७५ पुस २५ गते श्रेष्ठमाथि एक करोड ३४ लाख ५७६ रुपैंया गैरकानुनी रुपमा आर्जन गरेको अभियोग लगाएको थियो । उनी त्यतिबेला प्रशासन समूहका सहसचिवहरुको जेष्ठताक्रममा ५ औं स्थानमा थिए । उनी यातायात व्यवस्था विभागको महानिर्देशक हुँदा विभिन्न विवादमा परेका थिए ।

अख्तियारको दाबीअनुसार, २०३८ साल माघ २८ गतेदेखि सार्वजनिक पदमा प्रवेश गरेका श्रेष्ठले २ करोड १० लाख रुपैयाँ बैध रुपमा आर्जन गरेका थिए । अनुसन्धान गर्दा उनीसँग तीन करोड ४४ लाख ७७ हजार रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको भेटिएको अख्तियारले जनाएको छ । उनले आफ्नो नामको सम्पत्ति पत्नी जमुना तण्डुकार र नवलपरासी स्वाठी ठेगाना भएकी भगवती योगीका नाममा राखेको भेटिएको अख्तियारको दाबी थियो ।

प्रकाशित : श्रावण ११, २०७७ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?