१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

प्रहरी मुख्यालयमा कार्यरत चार जनामा कोरोना, संक्रमितको संख्या बढ्न सक्ने [अपडेट]

प्रहरी प्रवक्ताले भने- 'स्वास्थ्य मन्त्रालयले नै जानकारी दिन्छ'
जनकराज सापकोटा

काठमाडौँ — प्रहरी प्रधान कार्यालयको सवारी व्यवस्थापन शाखामा कार्यरत एक हवल्दार तथा सञ्चार निर्देशनालयमा कार्यरत तीन जनामा कोरोना संक्रमण देखिएको छ । तर, प्रहरी मुख्यालयले यसबारे आधिकारिक सूचना सार्वजनिक गरिसकेको छैन । मुख्यालय उच्च स्रोतका अनुसार थप अन्य केहीमा पनि संक्रमणको आशंका गरिएको छ ।

प्रहरी मुख्यालयमा कार्यरत चार जनामा कोरोना, संक्रमितको संख्या बढ्न सक्ने [अपडेट]

हवल्दारमा कोरोना पुष्टि भएपछि उनी बस्ने ब्यारेकका १६–१७ जना प्रहरीको पीसीआर परीक्षणका लागि स्वाब नमुना लिएर आइसोलेसनमा राखिएको छ ।

यस्तै मुख्यालयभित्रै रहेको सञ्चार निर्देशनालयमा कार्यरत तीन जनालाई पनि संक्रमणको आशंका गरिएको छ । उनीहरुमा ज्वरोसहितका लक्षण देखिएपछि पीसीआर परीक्षण गरिएको थियो । प्रयोगशालाबाट पीसीआर रिपोर्ट आए पनि ३ जनाको नतिजा प्रहरीले सार्वजनिक गरेको छैन । उनीहरु तीन जनामध्ये एक प्रहरी मेसमा सहयोगीका रुपमा काम गर्थे भने २ प्रहरी मेसका लागि आवश्यक सामग्री ल्याउने काम गर्थे ।

प्रहरी प्रवक्ता डीआईजी नीरज शाहीले मुख्यालयभित्र देखिएको संक्रमणबारे आधिकारिक रुपमा स्वास्थ्य मन्त्रालयले बताउने भएकाले आफूहरुले बताउन नमिल्ने जनाए । उनले हालसम्म देशभर १ सय १५ प्रहरी संक्रमित रहेको र उनीहरुको सम्पर्कमा आएका सबैजसोलाई आइसोलेसनमा राखिएको बताए ।

कान्तिपुरको सम्पर्कमा आएका प्रहरी स्राेतका अनुसार केही उच्च प्रहरी अधिकारीहरुका चालक प्रहरी जवानलाई पनि कोरोना संक्रमणको आशंका गरिएकाे छ । प्रवक्ता डीआईजी शाहीले मुख्यालयभित्र प्रवेश गर्नेमाथि सुरुदेखि नै कडाइ गरिएको र केही दिनयता त्यहाँभित्र कार्यरत केहीलाई त्यहीँ बस्ने व्यवस्था गरिएको बताए ।

प्रकाशित : श्रावण ११, २०७७ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?