२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

कालोबजारी गर्ने व्यापारी धरौटी तिर्न नसक्दा जेल चलान

शिव पुरी

रौतहट — सरकारबाट अनुदानमा प्राप्त रासायनिक मल रौतहटका तीन सहकारी संस्थासँग मिलेर किसानलाई चर्को मूल्यमा बिक्री गरेको आरोपमा पक्राउ परेका रौतहटको चन्द्रपुर १ वाग्मतीका व्यापारी धरौटी तिर्न नसक्दा जेल चलान भएका छन् ।

कालोबजारी गर्ने व्यापारी धरौटी तिर्न नसक्दा जेल चलान

जिल्ला प्रशासन कार्यालय रौतहटले मागेको धरौटी बुझाउन नसक्दा बिहीबार राहुल खाद्य उद्योगका सञ्चालक सत्यलाल साह जेल चलान भएका हुन् ।

तराई–मधेसमा धान खेतीका बेला अनुदानमा आएको रासायनिक मल चर्को मूल्यमा बिक्री गरेको आरोपमा प्रहरीले कृषि समाग्री कम्पनी चन्द्रनिगाहपुरका प्रमुख रविकुमार केशरी र वडा नम्बर १ का वडाध्यक्ष वीरबहादुर राखालसहित २५ जनामाथि कालोबजारीको मुद्दा चलाइएको डीएसपी हेमबहादुर शाहीले बताए । साह बाहेक मुद्दा चलाइएका अन्य सबै व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ ।

साहलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले असार १२ गते पक्राउ गरेको थियो ।

सात सयमा किनिएको मल १७ सयदेखि २२ सय रुपैयाँसम्ममा बिक्री गरेको उजुरी परेको थियो ।

वाग्मतीस्थित सिर्जनशील कृषि सहकारी, वाग्मती बचत तथा ऋण सहकारी र उन्नतिशील महिला कृषि सहकारीका नाममा खरिद गरिएको मल सेयर सदस्य किसानलाई सहज ढंगले बिक्री गर्नुपर्नेमा मिलेमतोमा बढी मूल्य लिइएको थियो । सहकारी संस्थाकै आडमा साहले कालोबजारी गरेका हुन् ।

साहले सिर्जनशीलका नामबाट युरिया १ हजार ६ सय ५२ बोरा, डीएपी ६ सय ५ बोरा, पोटास १ सय ३५ बोरा, वाग्मतीका नामबाट युरिया १ हजार २ सय १२ बोरा, डीएपी ५ सय ७५ बोरा, पोटास १ सय १५ बोरा र उन्नतिशीलका नामबाट युरिया २ हजार १ सय २४ बोरा र डीएपी ६ सय ८१ बोरा, पोटास १ सय ३० बोरा खरिद गरी मकवानपुर, सिन्धुली र सर्लाहीमा बढी मूल्यमा बेचेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

तीनवटै सहकारीलाई अनुदानको मल दिन वडाध्यक्ष रखालले कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रनिगाहपुरलाई सिफारिस गरेका थिए । अनुदानमा पाइने मल किसानले खरिद गरेपछि संस्थाले बिक्रीवितरण प्रतिवेदन बनाउनुपर्नेमा त्यो पनि बनाएका थिएनन् ।

यो पनि पढ्नुहोस्ः

अनुदानको मल तेब्बर मूल्यमा

प्रकाशित : श्रावण १०, २०७७ १५:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?