२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

जापान पठाउने कार्यमा तेस्रो पक्षको संलग्नता छैन : श्रम मन्त्रालय

होम कार्की

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जापानमा कामदार पठाउने प्रक्रियामा तेस्रो पक्षको संलग्नता नरहेको प्रष्ट पारेको छ ।

जापान पठाउने कार्यमा तेस्रो पक्षको संलग्नता छैन : श्रम मन्त्रालय

जापान रोजगारीमा पठाइदिने भन्दै केही जापानी भाषा प्रशिक्षण र शैक्षिक परामर्श केन्द्रहरुले पैसा उठाउन थालेपछि श्रम मन्त्रालयले शुक्रवार विज्ञप्ती जारी गर्दै सचेत बनाएको हो ।

सरकारी संयन्त्रबाट मात्रै कामदार जापान जान पाउने नेपाल र जापानबीच सन् २०१९ मार्चमा द्विपक्षीय समझदारी भएको थियो । जापान फाउन्डेसनले लिएको भाषा र सीप परीक्षामा उर्तिण भएका मात्रै उम्मेदवार हुन पाउने मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले बताए ।

‘जापानि भाषा परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने र सम्बन्धित कार्यक्षेत्रको सीप परीक्षण प्रमाणपत्र प्राप्त गरेको हुनुपर्नेछ । दुवै परीक्षण जापान सरकारकै तर्फबाट छनोट भएको जापान फाउन्डेसनले मात्र गरिरहेको छ’, उनले भने ।

अहिले केयर गिभरबाट केही माग प्राप्त भएको उनले बताए । ‘सम्बन्धित सरोकारवालालाई समेतलाई सहभागी गराउँदै छनोटको लागि आधारहरु तय गर्ने काम अगाडि बढाइएको छ ।’, उनले भने,‘भाषा र सीप परीक्षामा उर्तिण भएकाहरु मात्रै यसको लागि योग्य छन् ।’

कामदार पठाउनको लागि वैदेशिक रोजगार विभागको जापान इकाइमार्फत कामदार छनोट हुने व्यवस्था रहेको छ । ‘कामदार छनोटको परीक्षण पद्धतिमा निजी क्षेत्रका विभिन्न संस्थाहरुको भूमिका समेत हुँदैन’, उनले भने,‘यसका लागि रकम बुझाउनुको कुनै अर्थ हुँदैन ।’

सम्झौता अनुसार जापान जाने कामदारले कसैलाई रकम बुझाउनुपदैन ।

प्रकाशित : श्रावण ९, २०७७ १५:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?