१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

स्विस दूतावासद्वारा सरकारलाई ४० हजार पीसीआर किट सहयोग

काठमाडौँ — नेपालस्थित स्विस दूतावासले सरकारलाई ४० हजार पीसीआर किट र  २ वटा रियल टाइम पीसीआर मेसिन हस्तान्तरण गरेको छ । नेपालका लागि स्विजरल्यान्डकी राजदूत एलिजाबेथ भो क्यापलरले शुक्रबार उक्त सामग्री स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेकी हुन् ।

स्विस दूतावासद्वारा सरकारलाई ४० हजार पीसीआर किट सहयोग

स्विस कम्पनी रोशले निर्माण गरेको उक्त किटमध्ये २० हजार किट अर्को लटमा दिइने कम्पनीका नेपाल प्रतिनिधि सुशील थापाले बताए । दूतावासले पीसीआर मेसिन भने प्रदेश एकलाई दिएको हो । बाटोको अवस्था ठीक भए ती मेसिन आइतबारदेखि नै सञ्चालनमा आउन सक्ने गरी बायोमेडिकल इन्जिनियर खटाइसकिएको थापाले जानकारी दिए ।

राजदूत क्यापलरले रोशले निर्माण गरेको उक्त गुणस्तरीय भएको उल्लेख गर्दै पीसीआर परीक्षण बढाउन नेपाल सरकारलाई सहयोग पुग्ने बताइन् ।

यसअघि स्विस दूतावासले मे ७ मा नेपाललाई ३० हजार पीसीआर परीक्षण किट तथा ३० हजार आरएनए एक्स्ट्रयाक्सन किट उपलब्ध गराएको थियो ।

प्रकाशित : श्रावण ९, २०७७ १४:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?