१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

माैवाखोलामा डाइभर्सन, मोटरसाइकल र साना सवारी साधन चल्न थाले

हरिहरसिंह राठौर

धादिङ — पृथ्वी राजमार्गअन्तर्गत धादिङ र चितवनको सीमामा रहेको मौवा खोलामा डाइभर्सन बनाएपछि शुक्रबारदेखि साना गाडी र मोटरसाइकलहरु चल्न थालेका छन् । 

माैवाखोलामा डाइभर्सन, मोटरसाइकल र साना सवारी साधन चल्न थाले

५ दिनअघि आएको बाढीपहिरोले पुल भत्केपछि यातायात ठप्प थियो । बाढीले धादिङतर्फ पुलको ढलानसँग जोडिएको करिब ५ मिटर सडक बगाएको थियो ।

पुलको विकल्पमा तत्कालका लागि ग्याबिन र ढुंगा माटो भरेर साना सवारी साधन र मोटरसाइकल पास गराइएको धादिङका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए । शुक्रबार साँझसम्म ठूला गाडीहरु पनि एकतर्फी रुपमा सञ्चालन हुनेगरी सडक मर्मत भइरहेको एसपी रेग्मीले जानकारी दिए ।

बाढीले पुल भत्काएपछि काठमाडौंतर्फ आउने गाडी मुग्लिनतर्फ नै रोकिएका थिए पनि काठमाडौंबाट गएका गाडी धादिङतर्फ नै रोकिएको थियो ।

प्रकाशित : श्रावण ९, २०७७ १२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?