१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

खाल्डोमा जमेको पानीमा डुबेर झापामा तीन जना बालकको ज्यान गयो

पर्वत पाेर्तेल

काँकडभिट्टा — झापाको भद्रपुरमा खाल्डोमा जमेको पानीमा डुबेर तीन जना बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका– २ पृथ्वीनगर स्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माणस्थलमा खनिएको पोखरीमा डुबेर तीन जना बालकको मृत्यु भएको हो । 

खाल्डोमा जमेको पानीमा डुबेर झापामा तीन जना बालकको ज्यान गयो

प्रहरीका अनुसार भद्रपुर–२ डिगाउँका १० वर्षका अंकुश तामाङ, भद्रपुर–२ बस्ने कमला थामीका दुई जना छोरा अन्दाजी १२ र १४ वर्षका करण र अर्जुन थामी खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार बुधबार दिउँसो तीनै जना बालक कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माण स्थलमा खनिएको पोखरीमा गएका थिए ।

घरमा कसैलाई नभनी गएका तीन जना बालक अबेरसम्म घर फर्किएका थिएनन् । खोजी गर्ने क्रममा बुधबार साँझ ७ बजे तामाङको शव पोखरीमा डुबेको अवस्था फेला परेको थियो । बिहीबार बिहान थामी दाजुभाइको शव पनि त्यही पोखरीबाट फेला पारिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राकेश थापाले जानकारी दिए ।

निर्माण कम्पनीले जथाभावी खाल्डो खनेर छाडेका कारण दुर्घटना भएको भन्दै मृतकका परिवार र स्थानीयवासीले नगरपालिका र निर्माण कम्पनीप्रति आक्रोश पोखेका छन् ।

प्रकाशित : श्रावण ८, २०७७ १३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?