१५.४४°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८७

पत्नी हत्या अभियोगमा कारागारमा रहेका सशस्त्रका पूर्वडीआईजी कोइराला छुटे

मातृका दाहाल

काठमाडौँ — पत्नी हत्याको अभियोगमा दोषी ठहर भइ डिल्लीबजार कारागारमा रहेका पूर्वडीआईजी रन्जन कोइराला जेलमुक्त भएका छन् । कोइराला बिहीबार बिहान ११ : ५० बजे डिल्लीबजार कारागारबाट निजी कारमा बाहिरिएका हुन् ।

पत्नी हत्या अभियोगमा कारागारमा रहेका सशस्त्रका पूर्वडीआईजी कोइराला छुटे

केही दिनअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको इजलासले सर्वस्वसहित जन्मकैदको सजाय पाएका कोइरालाको बाँकी कैद मिनाह गरेको थियो ।

कोइराला पत्नी गीता ढकालको हत्या गरेको अभियोगमा दोषी ठहर भएका थिए । कोइरालाले मकवानपुरको टिस्टुङ पालुङमा हत्या गरी जलाएर फर्किँदै गर्दा काठमाडौंबाट पक्राउ परेका थिए ।

सशस्त्र प्रहरीका पूर्वडीआईजीलाई प्रधानन्यायाधीश सम्मिलित सर्वोच्च अदालतको संयुक्त इजलासले भारी कैद छुट दिएको हाे। श्रीमतीको हत्या गरी शवसमेत नष्ट गरेका तत्कालीन डीआईजी रञ्जन कोइरालालाई जन्मकैद हुने सजाय घटाएर सर्वोच्च अदालतले साढे आठ वर्ष मात्रै कैद सजाय सुनाएको हो । सर्वाेच्चले असार दोस्रो साता गरेको फैसलाका आधारमा कोइराला बिहीबार कैदमुक्त्त भएका छन् ।

प्रकाशित : श्रावण ८, २०७७ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?