१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कन्काईको बाढीले फेरि ५० घर डुबानमा

पर्वत पाेर्तेल

झापा — कन्काई खोलाको बाढीले झापा गाउँपालिकाका केही बस्तीमा फेरि कटान सुरु गरेको छ । झापा गाउँपालिकास्थित सशस्त्र प्रहरी बल बीओपीका इन्स्पेक्टर सचिन श्रेष्ठका अनुसार कन्काईको कटानले झापा गाउँपालिका ७ स्थित राई गाउँमा बाढी पसेको हो । बाढीले बस्तीका करिब ५० घर डुबानमा परेको छ ।

कन्काईको बाढीले फेरि ५० घर डुबानमा

‘बाढीले कटान गरेर गाउँ पसेको खबर आएको छ’, इन्स्पेक्टर श्रेष्ठले भने,‘उद्धार र बाँध मर्मतका लागि घटनास्थलतिर जाँदैछौं ।’

सशस्त्र प्रहरी, सेना, प्रहरी र स्थानीयवासीको सक्रियतामा बुधबार मात्रै यो ठाउँको बाँध मर्मत गरिएको हो । अघिल्लो पटक जनताको तटबन्धन भत्काएर बाढी पस्दा झापा १ र २ का करिब डेढ सय घर डुबानमा परेको थियो । विस्थापित सबैलाई सेतुमारी र लक्ष्मी प्राविमा राखिएको छ ।

प्रकाशित : श्रावण ८, २०७७ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?