लकडाउन हट्यो, कोरोना महामारीको जोखिम टरिसकेको छैन : राष्ट्रपति

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले लकडाउन अन्त्य भए पनि कोरोना महामारीको जोखिम टरिनसकेको बताएकी छन् । बुधबार सामाजिक सञ्‍जाल ट्‍वीटरमार्फत लकडाउन अन्त्य भए पनि महामारी नियन्त्रण नभइसकेकाले स्वास्थ्यसम्बन्धी नियमको पालना गर्न सबैमा आग्रह गरेकी छन् । 

लकडाउन हट्यो, कोरोना महामारीको जोखिम टरिसकेको छैन : राष्ट्रपति

राष्ट्रपतिले कोभिड–१९ बाट बच्न सबैलाई स्वास्थ्यसम्बन्धी नियम पालना गर्न आग्रह गरेकी हुन् । 'जनजीवनलाई सहज पार्न सरकारले बन्दाबन्दी केही सरल गरेको छ । तथापि, कोरोना महामारीको जोखिम टरिसकेको छैन', राष्ट्रपतिले ट्वीटमा लेखेकी छन् ।

कोभिड–१९ को सरकारले गत चैत ११ गतेदेखि जारी राखेको लकडाउन मंगलबार राति १२ बजेदेखि हटाएको छ । अहिलेसम्म नेपालमा कोभिड–१९ को संक्रमण १८ हजार ९४ जनामा देखिएको छ भने ४२ जनाको मृत्यु भएको छ ।

प्रकाशित : श्रावण ७, २०७७ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?