कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पृथ्वी राजमार्ग सञ्‍चालन हुन अझै २ दिन लाग्‍ने

हरिहरसिंह राठौर

मौवाखोला(धादिङ) — पृथ्वी राजमार्गमा पर्ने मौवा खोलाको पुल मर्मतपछि राजमार्ग सञ्‍चालन हुन अझै २ दिन समय लाग्‍ने भएको छ ।

पृथ्वी राजमार्ग सञ्‍चालन हुन अझै २ दिन लाग्‍ने

पुल मर्मतका लागि जनशक्ति परिचालन गर्न नेपाली सेना लगायत जिल्लास्थित सबै सुरक्षा निकायलाई लिएर मौवाखोला पुगेका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले आवस्यक सबै शक्ति परिचालन गरी बुधबार रातिसम्म भएपनि अवरुद्ध राजमार्ग सुचारु गरिने बताए ।

उक्त कार्यका लागि गजुरीस्थित नेपाली सेनाको ब्यारेकबाट सय जवान खटिएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि सघाइरहेको छ । जिल्लास्थित ट्राफिक प्रहरीसँग रहेका ठूला डोजर र स्काभेटर प्रयोगमा ल्याइएको छ ।

पुलले बगाएको एकभागलाई मंगलबार बिहानैबाट जग खनेर ग्याविन जालीमा ढुंगा भर्न सुरु गरिएकोछ । जालीमा ढुंगा भर्नका लागि बेनीघाट गाउँपालिकाले एक सय जना युवाहरुलाई परिचाल गरेको अध्यक्ष हरि डल्लाकोटीले बताए ।

राजमार्गमा पहिरोसँगै झरेका ढुंगालाई नै प्रयोगमा ल्याएर पुल पनि मर्मत हुने र राजमार्ग पनि सफा हुने जिल्ला प्रहरी प्रमुख रविन्द्र सुवेदीले बताए । उक्त ग्याबिन जालीमा पर्खाल र खाल्डो भर्न कम्तीमा ९० टिपर ढुंगा आवश्यक पर्ने उनले बताए ।

अविरल वर्षाका कारण गत सोमबार पृथ्वीराजमार्गका विभिन्न स्थानमा पहिरो गएको थियो । मंगलबार अपरान्हसम्म पहिरो पन्छाइएको छ । गजुरीको मलेखुदेखि बेनीघाटसम्मका २ वटा र जोगीमारा देखि मौवा खोला सम्मका ९ स्थानका पहिरो मंगलबार अपरान्हसम्म पन्छाइएको छ ।

मुग्लिन सडक पनि सुचारु भएपछि अलपत्र परेका यात्रुहरु धादिङतर्फ आएर गाडी बोलाएर राजधानी लगायतका जिल्लामा जाने गरेका छन् ।

यो पनि पढ्नुहोस् :

यस्ताे छ पृथ्वी ‘हाइवे’ काे हाल [तस्बिरहरु]

प्रकाशित : श्रावण ७, २०७७ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?