कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ पुग्यो 

काठमाडौँ — नेपालमा कोरोना संक्रमणबाट थप २ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । मृत्यु हुनेमा धनुषाका १ पुरुष र ४९ वर्षीया चिनियाँ महिला रहेकी छिन् । उनी पोखरामा बस्थिन् । मन्त्रालयका अनुसार स्वास्थ्यमा समस्या आएपछि उनलाई मणिपाल अस्पतालमा भर्ना  गरिएको थियो ।

कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ पुग्यो 

त्यहाँ उपचार सम्भव नभएपछि उनलाई साउन २ गते ग्रान्डी अस्पताल भर्ना गरिएको थियो । कोभिड पुष्टि भएपछि उनलाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा साउन ७ गते निधन भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

त्यसैगरी धनुषाको जनकपुर उपमहानगरपालिकामा बस्ने ६० वर्षीय पुरुष खोकी, ज्वरोलगायत समस्या लिएर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका थिए । उनको भेन्टिलेटरमा उपचारका क्रममा साउन ६ गते मृत्यु भएको बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा प्रवक्ता गौतमले जानकारी गराएका हुन् । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ पुगेको बताए ।

प्रकाशित : श्रावण ७, २०७७ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?